बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्मार्ट भएर काम गर्न ट्राफिक प्रहरीलाई डीआईजी जोशीको निर्देशन

स्मार्ट भएर काम गर्न ट्राफिक प्रहरीलाई डीआईजी जोशीको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- ट्राफिक निर्देशनालय काठमाण्डौंका प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले स्मार्ट भएर काम गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । जोशीले नागरिकलाई सहज रुपले सेवा दिन स्मार्ट भएर काम गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका हुन्।

ट्राफिक प्रहरी कार्यालयहरुको प्रदेशस्तरीय निरीक्षणका क्रममा मंगलबार जनकपुर पुगेका डीआईजी जोशीले दुर्घटना न्यूनीकरणमा जोड दिएका छन् । पछिल्ला दिनमा दुर्घटनाको संख्या बढ्दै गएको भन्दै जोशीले न्यूनीकरण गर्न ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए। 

‘मुलुकको विभिन्न क्षेत्रहरुमा भइरहेका सडक दुर्घटना चुनौतीको रुपमा अगाडी आएको छ,’ बिफ्रिङपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सञ्चारकर्मीहरुसँ कुरा गर्दै डीआइजी जोशीले भने,‘ट्राफिक प्रहरीलाई स्मार्ट र चनाखो भएर काम गर्न निर्देशन दिइएको छ। सबै मिलेर काम गर्‍यौं भने दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।’

डीआईजी जोशीले आमनागरिकसँग सरल रुपमा प्रस्तुत हुन समेत मातहतका निकायलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप आमनागरिकसँग प्रस्तुत हुन निर्देशन दिएका छन्।

जोशीले जनकपुरमा भइरहेको ट्राफिक व्यवस्थापनबारे यहाँका नागरिक समाज, सञ्चारकर्मी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुसँग छलफलसमेत गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।