मंगलबार, चैत २४, २०८२

‘ए’ डिभिजन लिग : व्यक्तीगत विधामा कुन खेलाडीले के जिते ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंगलबार भएको लिगको अन्तीम खेलमा लिग विजेता मनाङ मस्र्याङ्दी क्लब पराजित भएको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङ फ्रेन्डस क्लबसँग १-० ले पराजित भएको हो । 

लिग अवधिभर कुनै खेल नगुमाएको मनाङलको अपराजित यात्रा फ्रेन्डसले टुङ्गाएको थियो । लिगको यस अन्तीम खेलसँगै ए डिभिजन लिगको समापन भएको छ । लिगको विधागत अवार्डमा भने मनाङकै वर्चस्व रह्यो । 

विधागत अवार्डअन्तर्गत उत्कृष्ट गोलरक्षकमा मनाङ विशाल श्रेष्ठ, उत्कृष्ट मिडफिल्डरमा मनाङकै हेमन गुरुङ, उत्कृष्ट प्रशिक्षक मनाङकै सुमन श्रेष्ठले हात पारेका छन् ।

त्यस्तै उत्कृष्ट डिफेन्डरमा थ्री स्टारका रञ्जित धिमाल, उत्कृष्ट फरवार्डमा आर्मीका भरत खवास र फेयर प्ले उपाधि ब्रिगेड ब्वाइज क्लबले जितेको छ । लिग विजेता मनाङले ५० लाख प्राप्त गर्दा दोस्रो भएको संकटाले ३५ लाख प्राप्त गरेको छ ।  

त्यस्तै तेस्रो भएको थ्री स्टार २५ लाख, चौथो भएको आर्मीले १५ लाख, पाँचौ भएको एपीएफले ७ लाख र छैटौँ भएको पुलिसले ५ लाख प्राप्त गरे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।