शनिबार, जेठ ३०, २०८३

रवि लामिछाने चितवन प्रहरीको हिरासतमा

 |  बुधबार, माघ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २३, २०८१

काठमाडौं- चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश दिएको छ। 

National life

बुधबार थुनछेक बहस नसकिएपछि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो।

लामिछाने आज बिहान अदालतमा उपस्थित भएका थिए र आजै उनको बयान भएको थियो। साहारा चितवन सहकारीको रकम अपचलन र ठगी गरेको अभियोगमा मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले रविविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

यसअघि सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतले लामिछानेलाई परिवारको जिम्मा दिँदै अदालतमा उपस्थित हुने सर्तमा छाडेको थियो। थुनछेक बहसपछि भने धरौटीमा छाडिएको थियो।

कास्की र काठमाडौंमा भने उनले थुनछेक बहस नसकिएसम्म प्रहरी हिरासतमै बस्नुपरेको थियो।

Shivam cement

प्रकाशित: Feb 05, 2025| 18:34 बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्