सोमबार, मंसिर २२, २०८२

तीन नेपाली विद्यार्थीलाई फिलिपिन्सको आमा स्कुल अफ मेडिसिनमा शतप्रतिशत छात्रवृत्ति

 |  सोमबार, माघ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २१, २०८१

काठमाडौँ- फिलिपिन्सको मनिलास्थित आमा स्कुल अफ मेडिसिनले ३ जना नेपाली विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति प्रदान गरेको छ। आमा स्कुल अफ मेडिसिनले शनिबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी छात्रवृत्तिका लागि छानिएका विद्यार्थीहरूको नाम सार्वजनिक गरेको हो।

National life

छात्रवृत्तिका लागि लिइएको परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने तीन जनालाई आमा स्कुल अफ मेडिसिनले छात्रवृत्ति प्रदान गरेको हो। जेम्स पिछाई, रुविना मण्डल र स्मृति नापितले शतप्रतिशत छात्रवृत्ति पाएका हुन्। उनीहरू आउनेजाने टिकट खर्च र एमबीबीएस पूरा गर्न लाग्ने सम्पूर्ण शिक्षण शुल्क छात्रवृत्तिले कभर गर्ने आमा स्कुल अफ मेडिसिनकी प्रतिनिधि आयुष्मा राणा शाहले जानकारी दिइन्। आमा स्कुल अफ मेडिसिनमा एमबीबीएस पूरा गर्नका लागि लगभग ४० लाख नेपाली रुपैयाँ (सोमबारको विनिमय दरअनुसार) लाग्छ।

पूर्ण छात्रवृत्तिमा आफूले एमबीबीएस पढ्ने अवसर आमा स्कुल अफ मेडिसिनले जुटाइदिएको भन्दै रुविना मण्डलले खुशी व्यक्त गरिन्। शतप्रतिशत छात्रवृत्ति पाएकी स्मृतिका बाबुले छोरीको प्रमाणपत्र ग्रहण गरेका थिए।

छात्रवृत्तिका पाउने विद्यार्थी छान्नका लागि जनवरी ४ मा काठमाडौँमा परीक्षा लिइएको थियो। उक्त परीक्षामा ६८ जना विद्यार्थी सहभागी भएका थिए।

आमा स्कुल अफ मेडिसिनले नेपाली विद्यार्थीलाई पहिलो पटक छात्रवृत्ति प्रदान गरेको हो। मेडिकल डक्टर सोलुसनसँगको सहकार्यमा यो छात्रवृत्तिको कार्यक्रम आफूहरूले नेपालमा पहिलो पटक ल्याउन सफल भएको शाहले जानकारी दिइन्।

Laxmi sunrise bank
kumari

यसका साथै उक्त कलेजमा अध्ययन गर्न चाहने सबै नेपाली विद्यार्थीलाई ४ लाख रुपैयाँको छात्रवृत्ति र आउनेजाने टिकट आफूहरूले छात्रवृत्तिका लागि उपलब्ध गराउने शाहले जानकारी गराएकी छन्।

इतिहासमा नै पहिलो पटक आफूहरूले निजी क्षेत्रबाट नेपाली विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्तिमा एमबीबीएस पढ्न पठाउने व्यवस्था गर्न सकेको शाहको भनाइ छ। आमा स्कुल अफ मेडिसिनमा अध्ययन गरेर नेपाल फर्किएका एमबीबीएस डाक्टरहरू नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षामा शतप्रतिशत नै पास हुने गरेकाले त्यहाँको अध्ययनअध्यापन उत्कृष्ट रहेको शाहको भनाइ छ।

छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालले बधाई दिए। नेपाली विद्यार्थीका लागि विदेशमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गर्ने चाँजोपाँजो मिलाउन सफल भएको भन्दै उनले शाहको पनि प्रशंसा गरेका थिए। साथै अध्ययनका लागि विदेश जाने विद्यार्थीले स्वदेश फर्केर देशका लागि काम गर्ने विश्वास व्यक्ति गर्दै छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई शुभकामना दिएका थिए।

कार्यक्रममा एमबीबीएसको तयारी गरिरहेका विद्यार्थी, अभिभावकलगायतको उपस्थिति थियो।

आयुष्मा राणा शाहको सक्रियतामा तीन वर्षअघि स्थापना भएको मेडिकल डक्टर सोलुसनले मेडिसिन अध्ययन गर्ने विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ। उनकै सक्रियतामा शतप्रतिशतसम्म छात्रवृत्तिको कार्यक्रम ल्याइएको हो। आयुष्माले फिलिपिन्स र भारतमा पनि इग्मा नामक कम्पनी स्थापना गरी ५ हजार भन्दा व्यक्तिलाई एमबीबीएस अध्ययन गर्न सहयोग गरिसकेकी छन्। आमाका विद्यार्थीले भारतमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको आयुष्माले बताइन्।

प्रकाशित: Feb 03, 2025| 18:34 सोमबार, माघ २१, २०८१
प्रतिक्रिया दिनुहोस्