काठमाडौं – सञ्चार उपकरणमा खराबी आएपछि ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुचारु भएको छ। भीसीसीएस बिग्रिएकाले उडान ठप्प भएको थियो।
विमास्थलका निर्देशक राजकुमार क्षेत्रीले विहान ९ः१५ बजेदेखि अवरुद्ध भएको उडान सुचारु भएको जानकारी दिएका छन्। बिद्युतिय समस्याका कारण एयर ट्राफिक कन्ट्रोलको सिस्टम बिग्रिएपछि समस्या उत्पन्न भएको थियो।
विमानस्थलको टावरमा भने कुनै समस्या देखिएको थिएन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४