बुधबार, साउन १३, २०८३

प्रज्ञा प्रतिष्ठानहरुको गठन एकलौटी भएको भन्दै आपत्ति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – नेपाल सांस्कृतिक संघ र नेपाली लेखक संघले प्रज्ञा प्रतिष्ठानहरुको गठन एकलौटी ढङ्गले भएको भन्दै सरकारको आलोचना गरेका छन्। 

लेखक संघका अध्यक्ष श्रवण मुकारुङ र सांस्कृतिक संघका अध्यक्ष तीर्थबहादुर थापाद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘प्रज्ञा प्रतिष्ठानहरु कला, संस्कृति, भाषा, साहित्यका क्षेत्रमा काम गर्ने राज्यका आधिकारिक निकाय हुन्। यस्ता निकायहरुको गठन गर्दा सबै किसिमको विविधतालाई समेटिनु पर्छ। सबै पक्ष र विचारलाई समेटेर प्रज्ञा प्रतिष्ठानहरुको गठन गर्ने परम्परा यस पटक तोडिएको कुराप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

तिनवटै प्रतिष्ठानहरुको गठनमा लोकतन्त्रवादी स्रष्टाहरुलाई पूर्ण रूपमा निषेध गरिएको र वैचारिक समावेशिताको कायम नगरिएको कुराप्रति विज्ञप्तिमा खेद प्रकट गरिएको छ। सरकारको यसप्रकारको अपरिपक्व निर्णयले निम्त्याउने दूरगामी असरप्रति चिन्ता पनि व्यक्त गरिएको छ। 

नेपाल सांस्कृतिक संघ र नेपाली लेखक संघ नेपाली काङ्ग्रेस निकट संस्थाहरु हुन्। सरकारले भरखरै नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको गठन प्रक्रिया टुङ्ग्याएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।