काठमाडौं- नेपाल आयल निगमको कार्यकारी निर्देशक(जीएम)मा सुरेन्द्रप्रसाद पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक थिए। मन्त्रीपरिषदको निर्णयसँगै उनले सोमबारनै उद्योगको महाप्रवन्धक पदबाट राजीनामा दिएका छन्। उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालयले शुक्रबार पौडेल, अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिश गरेको थियो।
निगमको कार्यकारी निर्देशक छनौंट तथा सिफारिश समितिले पाँच जनामध्येबाट तीन जनाको नाम छनौंट गरेर उद्योगमन्त्री मातृका यादब समक्ष पेश गरेको थियो।
पौडेल चार्टर्ड एकाउन्टेन्ट पनि भएको बताइएको छ। उदयपुर सिमेन्टमा महाप्रवन्धकको जिम्मेवारी सम्हालेपछि उनले उदयोगलाई नफामा लगेका थिए। सो कारण पनि उनी निगमको नेतृत्वमा छनौंट भएको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४