काठमाडौं– जर्मन बुन्डेसलिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा साविक उपविजेता आरबी लाइप्जिक पराजित भएको छ। माइन्ज ०५ को मैदानमा भएको खेलमा लाइप्जिकले घरेलु टिसँग १-० गोलको हार बेहोरेको हो।
खेलको ११औं मिनेटमै माइन्जका मोउस नियखटेलले गोल गरेपछि माइन्जले अग्रता बनाएको थियो। सोही अग्रताका साथ उसले खेल जित्यो।
खेल अवधिभर लाइप्जिकले ७२ प्रतिशत समय बलमा नियान्त्र बनाएर विपक्षीको पोस्टमा १५ अटेम्ट गरे पनि गोल गर्न भने सकेन। यता २८ प्रतिसत समय बलमा नियन्त्रण बनाएरै माइन्जले खेल जितेको हो।
यो जितसँगै माइन्ज बुन्डेसलिगाको छैटौं स्थानमा छ। समान तीन अंक भएको सुटरमार्ट, होफेनहाइम, बोरुसिया डर्टमन्ड, कोल्न, र उल्भ्सबर्ग क्रमशः पहिलोदेखि पाँचौ स्थानसम्म छन्।
साविक विजेता बायर्नले भने पहिलो खेलमा बराबरी गरेपछि उसको एक अंक छ।