बुधबार, जेठ २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी नयाँ भन्सार महसुलप्रति चीन असन्तुष्ट, डब्ल्यूटीओमा मुद्दा हाल्ने

अमेरिकी नयाँ भन्सार महसुलप्रति चीन असन्तुष्ट, डब्ल्यूटीओमा मुद्दा हाल्ने

 |  आइतबार, माघ २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २०, २०८१

vianetvianet

बेइजिङ- चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमाथि लगाइएको नयाँ करको ‘दृढतापूर्वक विरोध’ गरेको र ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न सम्बन्धित जवाफी कदम’ चाल्ने वाचा गरेको बताएको छ।

शनिबार प्रमुख व्यापार साझेदारहरूविरुद्ध व्यापक कदम सार्वजनिक गर्दै ट्रम्पले चिनियाँ आयातमा विद्यमान शुल्कमा थप १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए।

आइतबार एक विज्ञप्तिमा चीनको वाणिज्य मन्त्रालयले वासिङ्टनको ‘गलत अभ्यास’ को आलोचना गर्दै बेइजिङ ‘यसप्रति अत्यन्त असन्तुष्ट र दृढतापूर्वक विरोध गर्दछ’ भनेको छ।

मन्त्रालयले बेइजिङले विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा मुद्दा दायर गर्ने र ‘संयुक्त राज्य अमेरिकाले एकपक्षीय रूपमा लगाएको करले विश्व व्यापार सङ्गठनका नियमहरूको गम्भीर उल्लङ्घन गर्छ’ भनी तर्क गरेको बताएको छ।

‘यी शुल्कहरू अमेरिकाको आफ्नै समस्या समाधान गर्न मात्र असहयोगी नभई सामान्य आर्थिक र व्यापारिक सहयोगलाई पनि कमजोर बनाउँछन्’, मन्त्रालयले भनेको छ, ‘संयुक्त राज्य अमेरिकाले अन्य देशहरूलाई हरेक पालोमा कर लगाउने धम्की दिनुको सट्टा फेन्टानिल जस्ता आफ्नै मुद्दाहरूलाई वस्तुनिष्ठ र तर्कसङ्गत रूपमा हेर्ने र व्यवहार गर्नेछ भन्ने चीनलाई आशा छ।’

National life insurance

विज्ञप्तिमा थप उल्लेख छ, ‘बेइजिङले अमेरिकालाई आफ्नो गलत अभ्यासहरू सुधार गर्न, चीनलाई आधा बाटो भेट्न, आफ्ना समस्याको सामना गर्न, स्पष्ट संवाद गर्न, सहयोगलाई बलियो बनाउन र समानता, आपसी लाभ र आपसी सम्मानको आधारमा मतभेदहरू व्यवस्थापन गर्न आग्रह गर्दछ।’

‘व्यापार युद्ध वा भन्सार युद्धमा कुनै विजेता हुँदैन’, विज्ञप्तिमा चीनको विदेश मन्त्रालयले भनेको छ, ‘थप भन्सार महसुल लगाउने अभ्यास रचनात्मक छैन र यसले लागुऔषध नियन्त्रणमा भविष्यको द्विपक्षीय सहयोगलाई अनिवार्य रूपमा प्रभावित र क्षति पुर्‍याउनेछ।’ -रासस/एएफपी

प्रकाशित: Feb 02, 2025| 18:01 आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्