बुधबार, साउन १३, २०८३

त्रिभुवन विमानस्थलको उडान अवतरण ठप्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – सञ्चार उपकरणमा खराबी आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण ठप्प बनेको छ। भीसीसीएस बिग्रिएकाले उडान ठप्प भएको हो। विमास्थलका निर्देशक राजकुमार क्षेत्रीका अनुसार बिद्युतिय समस्याका कारण एयर ट्राफिक कन्ट्रोलको सिस्टम बिग्रिएपछि समस्या उत्पन्न भएको हो।

अहिले भीसीसीएस परिवर्तन गर्ने कार्य भइरहेको छ। भीसीसीएस बिग्रिएपछि एक घण्टादेखि उडान प्रभावित भएको बताइएको छ। निर्देशक क्षेत्रीले १५ मिनेट पछि उडान सुचारु हुने बताए।

विमानस्थलको टावरमा भने कुनै समस्या देखिएको छैन। विहान ९ः१५ बजेदेखि विमानस्थलको उडान प्रभावित बनेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।