बुधबार, साउन १३, २०८३

महानगरका कर्मचारीको हड्ताल फिर्ता, फोहोर उठाउन सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- आन्दोलनरत कर्मचारी संगठन र वीरगंज महानगरपालिकाबीच सहमतिपछि महानगरपालिका कार्यालयका कर्मचारी मंगलबारदेखि सरसफाईको काममा फर्किएका छन् ।

महानगरपालिकाको सभाकक्षमा सोमवार बेलुकी  दुबै पक्षबीच भएको वार्तामा  मंगलवारदेखि कर्मचारीहरू सरसफाइको काम पुरास्न शुरु गर्ने सहमति भएको हो । महानगरपालिकाले कर्मचारी संगठनको माग सम्बोधनका लागि सबै प्रकृया अवलम्बन गर्ने सहमति भएको नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्ष सोहन थापाले जानकारी दिए ।

गत विहीबारदेखि कर्मचारीले स्थानीय निकायको कर्मचारी समायोजन विधेयक विरुद्ध अनिश्चितकालीन हड्ताल शुरु गर्दै अत्यावश्यकीय सरसफाईको काम समेत ठप्प पारेका  थिए ।फोहोरले दुर्गन्ध फैलिएको गुनासो आएपछि व्यवस्थित वीरगंज अभियान, सामुदायीक प्रहरी, नेपाल प्रहरी, महानगरपालिका प्रमुख कार्यकारी अधिकृत सहितको टोलीले आइतबार फोहोर संकलन र सरसफाई गरेको थियो ।

महानगर प्रमुख विजय सरावगी मुलुक बाहिर रहेकाले उनी फर्किएपछि महानगरपालिका बोर्डको बैठकबाट कर्मचारीका मुद्दालाई नगरपरिषदमा लैजाने सैद्धान्तिक सहमति भएको वार्ताका सहभागीले बताए। बोर्ड बैठक नबसेसम्मका लागि फोहर व्यवस्थापन कार्यलाई निरन्तरता दिने र अन्य सेवाहरू भने बन्द नै रहने कर्मचारी एसोसिएसनले जनाएको छ ।
 
वार्तामा महानगरपालिकाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा भीष्मकुमार भुसालको नेतृत्वमा अरविन्द गुप्ता, प्रवीण चौरसिया, मनोज गुप्ता र प्रद्युम्न चौहान सहभागी थिए। नगरपालिका कर्मचारी एसोसिएसन र स्थानीय निकाय कर्मचारी सङ्घको तर्फबाट सोहन थापा, मुकेश गुप्ता, रामदयाल यादव, सतीश श्रीवास्तवलगायत सहभागी थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।