मंगलबार, चैत २४, २०८२

बार्सिलोनाले एमबाप्पे भित्र्याउन काउटिन्हो बेच्न सक्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चलेको ट्रान्सफर चर्चाका अनुसार बार्सिलोनाले आफ्नो टिममा पछिल्लो समय चर्चामा रहेका केहि खेलाडी भित्राउने कसरत गरि रहेको खुलासा भएको थियो । 

अहिले बार्सिलोनाको आँखा पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा स्टार खेलाडी केलियन एमबाप्पेमाथि परेको चर्चा छ । यति मात्र हैन की १९ वर्षीय युवा स्टारलाई आफ्नो क्लबमा अनुबन्ध गर्न आफ्ना प्रमुख खेलाडीको अफर गर्न समेत तयार रहेको बताइएको छ ।

एमबाप्पेका लागि मोटो रकम खर्चने तयारी गरेको छ । यदि मोटो रकममा एमबाप्पेलाई बेच्न नमाने पिएसजीलाई आफ्ना प्रमुख खेलाडी ब्राजिलियन फिलिपे कोउटिन्हो अफर गर्ने योजना बनाएको छ । 

बार्सिलोनाले काउटिन्होलाई गत जनवरीमा इंग्लिस क्लब लिभरपुलबाट १ सय ६२ मिलियन युरोमा अनुबन्ध गरेको थियो । तर, पछिल्लो समय कोउटिन्होले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न नसकेपछि उनको विकल्प खोज्नेबारे बताइएको छ । 

त्यसैले पिएसजीका एमबाप्पे अनुबन्ध गर्न सक्ने अवस्था बने बार्सिलोना सो डिलमा कोउटिन्हो दिन तयार हुन सक्छ । बार्सिलोनाले अहिले मिडफिल्ड सुधार्न पिएसजीकै राबिओटलाई अनुबन्ध गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।