बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सामाखुसीमा माइक्रोको ठक्करबाट एकको मृत्यु, चार घाइते 

सामाखुसीमा माइक्रोको ठक्करबाट एकको मृत्यु, चार घाइते 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौंको सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । बा.१ ज ९७६६ नम्बरको माइक्रोबसको ठक्करबाट चार जना गम्भीर घाइते भएका छन् । 

चक्रपथ हुँदै बौद्ध–जोरपाटी चल्ने माइक्रोले ठक्कर दिँदा धुम्बाराही बस्ने ५५ वर्षीय सीता दाहालको मृत्यु भएको हो । माइक्रोबसले ठक्कर दिँदा गम्भीर घाइते दाहालको उपचारका क्रममा अल नेपाल अस्पताल सामाखुसीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार राति बाटो काट्ने क्रममा माइक्रोबस ठक्कर दिएको थियो । माइक्रोको ठक्करबाट कोटेश्वर बस्ने सरिता अधिकारी, उनका श्रीमान् सुशील अधिकारी, अल नेपाल अस्पतालमा कार्यरत नर्स सपना राई र लक्ष्मी सापकोटा घाइते भएका छन् ।

घाइतेमध्ये सापकोटाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना गराउने माइक्रोबस र बसका चालक रामेछापका ४० वर्षीय टंकराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।