काठमाडौं- नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दसँग पर्सिजा जार्काताले सम्झौता नविकरण गर्ने भएको छ । इन्डोनेसियाको लिगा वान क्लब पर्सिजा जाकार्तामै रोहितसँगको सम्झौता नविकरण गर्ने बताएको हो ।
तर, क्लब र रोहितबीच पौपचारीक सम्झौता भने भएको छैन् । यस सिजन पर्सिजा जाकार्तालाई उपाधि दिलाउन रोहितले महत्वपूर्ण भुमिका खेका थिए । उनी यस सिजन उक्त लिगमा उत्कृष्ट प्रदर्शन कै कारण ब्रालियन खेलाडीलाई पछि पार्दै बर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए ।
अन्तर्राष्ट्रिय सञ्चार मध्यमसँग कुरा गर्दै जाकार्ताका निर्देशक विडीयाडेले रोहित क्लबको एक महत्वपूर्ण सदस्य रहेको कारण उनको नविकरण गर्ने बताएका छन् ।
रोहितसँगै अन्य दुई ब्राजिलियन गरी तीन विदेशी खेलाडी क्लबले राख्ने समेत निर्देशक विडीयाडेले बताए । जाकार्तासँग रोहितको सम्झौता डिसेम्बर ३१ बाट सकिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४