बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अखबारका मुख्य खबर : वाइडबडी घोटाला र गोपाल खड्का काण्ड !

अखबारका मुख्य खबर : वाइडबडी घोटाला र गोपाल खड्का काण्ड !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा अदालतमा दर्ता भएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। १८ करोड ६६ लाख ५ हजार रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित सोमबार मुद्दा दायर गरेको हो। खड्काले गैरकानुनी रूपमा आर्जन गरेको चलअचल सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको आजका पत्रपत्रिकाले लेखेका छन् ।

करिब १५ महिना लगाएर अनुसन्धान गरेको आयोगले खड्काले गैरकानुनी रुपमा अुकत सम्पत्ति आर्जन गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो। खड्काको विषयमा सार्वजनिक लेखा समितिलगायतका विभिन्न संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले छानबिन सुरु गरेका थिए। सार्वजनिक लेखा समितिले जग्गा खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो।

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको नागरिक दैनिकले आयल निगम जग्गा खरिद प्रकरणः खड्काविरुद्ध साढे १८ करोडको भ्रष्टाचार मुद्दा शीर्षकमा खबर छापेको छ । यस्तै कान्तिपुरले खड्कालाई अख्तियारको अभियोगः साढे १८ करोड अबैध शीर्षकमा खबर लेखेको छ । अन्नपूर्ण पोस्ट्ले खड्काविरुद्ध अकुत मुद्दा शीर्षकमा खबर छापेको छ । त्यस्तै नयाँ पत्रिकामा गोपाल खड्काविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा शीर्षकमा खबर प्रकाशित छ । 

यो विषय बाहेक आजका पत्रपत्रिकाले वाइडबडी घोटाला प्रकरणको प्रतिवेदन मिलाएर पारित गरेको विषयलाई प्राथमिकतामा पारेका छन् । संसद्को सार्वजनिक लेखा समितिले सोमबार उपसमितिको प्रतिवेदन काटछाट गरेर पारित गरेको छ । उसले गृहसचिव प्रेम राईलाई उन्मुक्ति दिएको छ भने पर्यटन सचिव कृष्ण देवकोटा र वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गर्न सिफारिस गरेको छ । 

यसै विषयलाई मुख्य प्राथमिकतामा पार्दै कान्तिपुर दैनिकले वाइडबडी प्रतिवेदन भाषा मिलाएर पारितः मन्त्रीहरु नैतिक जिम्मेवार शीर्षकमा खबर लेखेको छ । अन्नपूर्ण पोस्ट्ले चोख्याउन ह्विपः उपसमितिले दोषी देख्यो, लेखाले उल्टायो शीर्षकमा खबर छापेको छ । 

आजको नयाँ पत्रिकाले भने गौरवका आयोजनाको दुःखी प्रगति शीर्षकमा मुख्य समाचार छापेको छ । उसले कुन आयोजनाको निर्धारित म्याद, थप म्याद र लागत कति भन्ने पनि खुलाएको छ । राष्ट्रिय गौरवका आयोजना प्रगति यति सुस्त हुनुको कारण समेत नयाँ पत्रिकाले उल्लेख गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।