मंगलबार, चैत २४, २०८२

सन् २०१८ मा सर्वाधिक कमाई गर्ने ९ फुटबल खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- विश्व फुटबल जगतका चर्चित खेलाडीले बर्षमा कति कमाउँ छन् भन्ने कुरा धेरै जसो फुटबल बुझ्ने र फुटब समर्थकका लागि निकै नै चाोको बिषय बन्दछ । यसै क्रममा बर्ष २०१८ मा सर्वाधिक कमाई गर्ने खेलाडीको सुची सार्वजनिक भएको छ । 

अन्तर्राष्ट्रि पत्रिका ‘फोब्र्स’ले वर्ष २०१८ मा विश्वमा सबैभन्दा धेरै कमाइ गर्ने नौ जना खेलाडीको नाम सार्वजनिक गरेको हो । यस पटकको सर्वाधिक कमाई गर्ने खेलाडीको सूचीमा रियल मड्रिडका ग्यारेथ बेलदेखि चिनियाँ लिग खेलिरहेका ओस्करसमेत परेका छन् । हेरौ अन्य को-को बर्ष २०१८ का सर्वाधिक कमाई गर्ने खेलाडी हुन् ।

लियोनल मेस्सी

सन् २०१८ मा सर्वाधिक कमाई गर्ने फुटबल खेलाडीको शीर्षस्थानमा अर्जेन्टिना तथा बार्सिलोना लियोनल मेस्सी रहेका छन् । मेस्सीले २०१८ मा पारिश्रमिकबापत ८४ मिलियन डलर आम्दानी गरेका छन् । त्यसबाहेक उनले करिब २७ मिलियन व्यापारिक प्रायोजनबाट कमाएका छन् ।

क्रिस्टियानो रोनाल्डो

यसै सिजनको सुरुमा रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टस पुगेका पोर्चुगिज क्रिस्टियानो रोनाल्डो सन् २०१८ मा दोस्रो स्थानमा रहेका छन् । यससँगै रोनाल्डो जारी सिजनमा गोल संख्यामा पनि मेस्सीभन्दा पछि परेका छन् । ३३ वर्षीय रोनाल्डोले २०१८ मा ६१ मिलियन डलर पारिश्रमिकबापत आम्दानी गरेका छन् । उनले ४७ मिलियन डलर व्यापारिक प्रायोजनबाट कमाएका छन् ।

नेइमार

२ वर्षअघि विश्वकै सबैभन्दा महँगा फुटबलर बन्दै बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन (पिएसजी) पुगेका ब्राजिलियन स्टार खेलाडी नेइमार सन् २०१८ मा सर्वाधिक धेरै कमाउने फुटबलर सूचीको तेस्रो नम्बरमा रहेका छन् । नेइमारले सन् २०१८ मा पारिश्रमिकबापत ७३ मिलियन डलर कमाएका छन् । त्यसैगरी, नेइमारले व्यापारिक प्रायोजनबाट १७ मिलियन डलर पनि कमाएका छन् ।

ग्यारेथ बेल

स्पेनिस रियल मड्रिडका ग्यारेथ बेल २०१८ मा सर्वाधिक धेरै कमाउने फुटबलर सूचीको चौथो नम्बरमा रहेका छन् । वेल्सका फरवार्ड बेलले २०१८ मा २८.६ मिलियन डलर कमाइ गरेका छन् । उनले व्यापारिक प्रायोजनबाट ६ मिलियन डलर कमाइ गरेका छन् ।

पाउल पोग्बा

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रान्सका खेलाडी पाउल पोग्बाले सन् २०१८ मा सर्वाधिक कमाउने फुटबलर खेलाडीको पाँचौं नम्बरमा परेका छन् । उनले कूल २५.५ मिलियन डलर कमाइ गरेका छन् । उनले व्यापारिक प्रायोजनबाट ४.५ मिलियन डलर कमाएका छन् ।

ओस्कार

सन् २०१८ मा ब्राजिलियन खेलाडी ओस्कार पनि धेरै कमाउने खोलडीको सूचीमा अटेका छन् । हाल चिनियाँ क्लबबाट खेलिरहेका ब्राजिलियन खेलाडीले ओस्कारले २०१८ मा २५.९ मिलियन डलर कमाइ गरे । उनले व्यापारिक प्रायोजनबाट १.५ मिलियन कमाइ गरेका छन् ।

बार्यन रुनी

धेरै कमाउने फुटबलरको सातौं नम्बरमा इंग्लिस खेलाडी बार्यन रुनी छन् । हाल अमेरिकन क्लबबाट खेलिरहेका रुनीले २०१८ मा कूल २२ मिलियन डलर कमाए । उनले व्यापारिक प्रायोजनबाट ५ मिलियन कमाइ गरेका छन् ।

लुइस स्वारेज

सन् २०१८ मा धेरै कमाउने खेलाडीको आठौं नम्बरमा स्पेनिस बार्सिलोना तथा उरुग्वेका फरवार्ड लुइस स्वारेज छन् । उनले कूल १९.९ मिलियन डलर कमाउँदा व्यापारिक प्रायोजनबाट ७ मिलियन कमाइ गरेका छन् ।

सर्जिया अगुइरो

२०१८ मा धेरै कमाउने खेलाडीको नवौं नम्बरमा इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा अर्जेन्टिनाका सर्जियो अगुइरो रहेका छन् । उनले कूल १७ मिलियन कमाउँदा व्यापारिक प्रायोजनबाट पनि ६ मिलियन कमाइ गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।