बुधबार, साउन १३, २०८३

प्रश्नपत्रमा त्रुटिप्रति सञ्जालको आपत्ति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डद्वारा आइतबार सञ्चालित कक्षा ११ को अनिवार्य नेपाली विषयको ग्रेड वृद्धि परीक्षाको प्रश्नपत्रमा अक्षम्य र आपत्तिजनक त्रुटि रहेकोप्रति मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आपत्ति जनाएको छ।

 सञ्जालको दबाब र आन्दोलनका कारण नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिवि नेपाली विषय समिति, नेपाली भाषा तथा राष्ट्रिय भाषा विषय समिति, शिक्षा मन्त्रालयको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विभिन्न मितिमा अमानक वर्णविन्यास खारेज गरी सबै तहको पठनपाठन, पाठ्यपुस्तक र परीक्षा प्रणालीमा मानक वर्णविन्यासको प्रयोग गर्ने निर्णय गरेका थिए।

तर जिम्मेवार सरकारी निकायले लिएका परीक्षामा सम्बद्ध निकायको निर्णय कार्यान्वयन नगरी बदनियतपूर्ण ढङ्गबाट अमानक वर्णविन्यासको प्रयोग गरी प्रश्नपत्र तयार गरिनु दुर्भाग्य भएको ठहर सञ्जालको छ। सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले भनेका छन्, ‘शिक्षा मन्त्रालयअन्तर्गतका निकायले यी सबै निर्णय अनिवार्यतः कार्यान्वयन गर्नुपर्नेमा यो कुनै मानवीय त्रुटि नभई बदनियतपूर्ण ढङ्गबाट गरिएको गम्भीर षड्यन्त्र तथा जघन्य अपराध हो।’

स्नातक तह अध्ययन गर्ने सपना स“गालेर परीक्षा दिएका विद्यार्थीहरूलाई यस प्रश्नपत्रले दुरुत्साहित गर्ने काम गरेको ठहर सञ्जालले गरेको छ। सञ्जालको विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीले मानक वर्णविन्यासअनुसार पढेका छन्, त्यसैअनुसार परीक्षामा लेखेका छन् र परीक्षकले पनि त्यसैअनुसार उत्तरपुस्तिका परीक्षण गर्छन्।

प्रश्नपत्रमा अमानक वर्णविन्यासको प्रयोग गर्दा उत्तीर्ण हुने विद्यार्थी पनि अनुत्तीर्ण हुने स्थिति रहन्छ ।’ विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने अधिकार राष्ट्रिय परीक्षा बोर्डलाई नभएको सञ्जालले स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गम्भीर विषयलाई सामान्य रूपमा लिई तमाम विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने दुष्कार्य भएमा त्यसबाट उत्पन्न हुने जुनसुकै परिणामको जिम्मेवार राष्ट्रिय परीक्षा बोर्ड स्वयं हुनेछ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।