फाइल तस्बिर
काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपविजेता टोली संकटा क्लब आफ्नो अन्तिम लिग खेलमा विभागिय टोली एपिएफसँग पराजित भएको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको खेलमा लिगको उपविजेता टोली संकजटा एपिएफसँग २-१ गेल अन्तरले पराजित भएको हो ।
एपीएफको जितका लागि युवराज खड्का र राजन गुरुङले समान एक-एक गोल गरे भने संकटाका लागि लक्ष्मण रुचालले सान्तोना गोल गरे । पहिलो हाफमा एक गोल भएको खेलको दोस्रो हाफमा थप दुई गोल भएका थिए ।
खेलमा एपिएफले नै सुरुवाती अग्रता लिएको थियो । खेलको २३ औं मिनेटमा एपिएफका युवराज खड्काले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलमा संकटाले नै पकड जमाए पनि पहिलो हाफमा थप कुनै गोल हुन सकेनन् ।
खेलको ७२ औं मिनेटमा राजनले गोल गर्दै अग्रता दोब्ब पारे । उनले सुदीप सिख्राकारको फ्रिकिकमा हेडर मार्फत सुन्दर गोल गरेका थिए । तर, खेलको इन्जुरी समयमा संकटाका लक्ष्मणले फ्रिकिकबाट एक गोल गरेपनि टोलीको हार टार्न भने सकेनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४