बुधबार, साउन १३, २०८३

यस्ता छन् टेलिकमका प्रबन्ध निर्देशकका कार्ययोजना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने तथा एक करोड लाइन क्षमताको टुजी र थ्रिजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने बताएका छन्। सोमबार पदभार ग्रहण गरेपछि उनले मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटिटिएच सेवालाई मुख्य सहरहरु तथा पकेट क्षेत्रहरुमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने बताए।

त्यसैगरी उनले कर्पोरेट र इन्टरप्राइज बिजनेसलाई विशेष जोड दिइने, मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क तयार गर्ने कार्यमा शीघ्रता ल्याइने र मोबाइल फाइनान्सियल सेवा तथा आइपी टिभी सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने प्रतिवद्धता उनले व्यक्त गरेका छन्।

अधिकारी पुस १९ गतेको निर्णयबमोजिम ३ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त भएका हुन्।

उनले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजना अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौती सामना गर्दैै अगाडि बढ्न कर्मचारीहरुलाई आह्वान गरे। काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।