आइतबार, वैशाख २८, २०८२

सुदूरपश्चिम खप्तड गोल्डकपको सम्पूर्ण तयारी पुरा

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
triton college
National life insurance
धनगढी- सर्वाधक पुरस्कार राशिको तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिातको सम्पूर्ण तयारी पुरा भएको आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालल एक पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएका हुन् । 

अध्यक्ष हमालले तेस्रो संस्करणको प्रतियोगिता भएपनि यो सिकाई चरण भएको बताएका छन् । ‘हामीबाट कुनै गलत हुन सक्छ, किनकी यो हाम्रो सिकाई चरण हो ।’ अध्यक्ष हमालले भने, ‘आगामी दिनहरुमा यसलाई सझै राम्रो बनाउने प्रयास गर्ने समेत प्रतिबद्दता गर्दछु ।’ 

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुप-११ स्पोर्टस क्लब र मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउासो २ः३० बाट धनगढी रंगशालामा सुरु हुनेछ ।  

प्रतियोगितामा देशका विभिन्न स्थानका १० वटा ‘ए’ डिभिजन क्लब तथा दुई विदेशी टोली गरी १२ टोलीले सहभागी जनाउने छन् । मनाङ मस्याङ्दी, थ्री स्टार, संकटा, च्यासल युथ क्लब, विभागीय टिम नेपाल पुलिस, नेपाल एपिएफ क्लब सहभागी हुनेछन् । 

त्यसैगरी गोर्खा ब्वाइज स्पोर्टस रुपन्देही, काँकडभिट्टा ट्रेनिङ सेन्टर झापा, मोरङ-११ स्पोर्टस क्लब तथा विदेशबाट भारतको दिल्ली एफसी र क्यामरुनको धाउफिन्स टिम फ्यामिली क्लबले सहभागिता जनाउने छन् । 

सहभागी १२ टिमलाई ६-६ गरी दुई समूहमा विभाजन गरि नकआमउटको आधारमा खेलाइने छ । प्रतियोगिताको विजेताले टोलीले नगद २१ लाख र उपविजेताले १० लाख प्रप् तगर्ने छन् । 

उत्कृष्ट खेलाडीले मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट विधाका खेलाडीले जनही १५-१५ हजार पाउनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।