बुधबार, साउन २७, २०८३

आफैंलाई गोली हानेका प्रहरी जवानको मृत्यु

 |  शनिबार, माघ १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, माघ १२, २०८१

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ। 

कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए। माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए। 

गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो। 
 

प्रकाशित: Jan 25, 2025| 18:24 शनिबार, माघ १२, २०८१
प्रतिक्रिया दिनुहोस्