सोमबार, साउन ५, २०८२

फर्निचर उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु

 |  शनिबार, माघ १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ १२, २०८१

vianetvianet

धुलिखेलस्थित एक फर्निचर उद्योगमा लागेको आगोमा परेर एक महिलाले ज्यान गुमाएकी छन् । 

धुलिखेल नगरपालिका वडा नं ९ मा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा बिद्युत् सर्ट भई आगलागी हुँदा सो उद्योगमा बस्दै आएकी शंखरापुर नगरपालिका वडा नं १ नाङलेभारेकी ७० वर्षीय टिकादेवी दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्काले जानकारी दिइन् । सोही उद्योगमा काम गर्ने उनका श्रीमान् ७३ वर्षीय तोयानाथ घाइते छन् ।

फर्निचर उद्योगबाट सुरु भएको आगो फैलँदा नजिकै रहेको कृष्णबहादुर विश्वकर्माको एक तले कच्ची घर र जस्ताले बनेको ध्रुवबहादुर विश्वकर्माको टहरामासमेत क्षति भएको छ ।

आगलागीबाट फर्निचर उद्योगमा अन्दाजी ८० लाख, कृष्ण विश्वकर्मामा अन्दाजी ८ लाख बराबरको घर, खाद्यान्न, लत्ताकपडा र ध्रुव विश्वकर्माको अन्दाजी तीन लाख बराबरका टहरा क्षति भएको प्रहरीले जनाएको छ ।

राति ९ बजे सुरु भएको आगो नियन्त्रणको ५ वटा दमकल, एसपी खड्काको नेतृत्वमा ४० जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा बिहान करिब पौने २ बजे नियन्त्रणमा लिइएको थियो ।
 

प्रकाशित: Jan 25, 2025| 09:45 शनिबार, माघ १२, २०८१
प्रतिक्रिया दिनुहोस्