आइतबार, पुस ६, २०८२

झापामा ६ महिनामा ५३२ घरेलु तथा साना उद्योग दर्ता

 |  शुक्रबार, माघ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ११, २०८१

झापा- झापामा चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्।

National life

घरेलु तथा साना उद्योग सो अवधिमा उद्योगतर्फ दुई सय ९७ र वाणिज्यतर्फ दुई सय ३५ गरेर पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। सोही अवधिमा जिल्लामा उद्योगतर्फ आठ सय ७३ र वाणिज्यतर्फ आठ सय ६६ उद्योग नवीकरण गरिएको बताइएको छ। 

जिल्लामा सो अवधिमा उद्योगतर्फ ८५ र वाणिज्यतर्फ ७१ गरी एक सय ५६ उद्योगको लगत कट्टा गरिएको छ। कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका छन्। 

विभिन्न कारणले उद्योग बन्द हुनेको संख्याभन्दा नयाँ थपिने उद्योगको संख्या बढ्दो रहेको भट्टराईको भनाइ छ। कार्यालयले उक्त अवधिमा विभिन्न शीर्षकमा रु. एक करोड ४८ लाख १९ हजार चार सय ५० राजस्व संकलन गरेको छ।

प्रकाशित: Jan 24, 2025| 17:31 शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्