शुक्रबार, जेठ २२, २०८३

कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना

 |  शुक्रबार, माघ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ११, २०८१
National life
Shivam cement

कालीकोट- जिल्लाको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुभकालिका गाउँपालिका–२ भर्ता नैनेलडाँडामा बिक्री केन्द्र स्थापना गरेको हो। 

गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना भएपछि यहाँका स्थानीयलाई चामल किन्न घन्टौँ हिँडेर बजार पुग्नुपर्ने बाध्यता हटेको छ।  शुभकालिका गाउँपालिका वडा नं २ का वडाध्यक्ष मनबहादुर शाहीले गाउँका नागरिकले यसअघि चामल लिनका लागि सदरमुकाम मान्म जानुपर्ने बाध्यता रहेकोमा त्यो हट्ने बताए। 
यस अघि त्यहाँका स्थानीयमा सदरमुकाममा खाद्यान्न लिनका लागि खाद्यान्नको भन्दा महँगो गाडी भाडा तिर्नुपर्ने अवस्था थियो।

गाउँपालिकाको पहलमा केन्द्र स्थापना भएसँगै स्थानीयले सहज रुपमा अनुदानको चामल पाउने वडाध्यक्ष शाहीले बताए। स्थानीय तहसँग मिलेर नागरिकलाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने लक्ष्य रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखाले जनाएको छ।

प्रकाशित: Jan 24, 2025| 17:01 शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्