आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • न्यायाधीशको आलोचना गरेका अधिवक्ता त्रिपाठीविरुद्ध सर्वोच्चमा मुद्दा

न्यायाधीशको आलोचना गरेका अधिवक्ता त्रिपाठीविरुद्ध सर्वोच्चमा मुद्दा

 |  शुक्रबार, माघ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ११, २०८१

काठमाडौं- बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा निवेदन दर्ता भएको छ। 

सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राई र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएपछि त्रिपाठीले उनीहरूमा कार्यक्षमताको अभाव देखिएको भनी टिप्पणी गरेका थिए।

टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन परेको थियो। निवेदक दिलबहादुर राईले त्रिपाठीलाई अवहेलनामा हदैसम्म कारबाही माग गरेका छन्। 

प्रकाशित: Jan 24, 2025| 14:47 शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्