शुक्रबार, जेठ २२, २०८३

महाकाली राजमार्गमा पहिरो खस्दा जेसीबी पल्टियो, चालक घाइते

 |  शुक्रबार, माघ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ११, २०८१
National life
Shivam cement

दार्चुलाको महाकाली नगरपालिका–५ ठड्याभीरमा सडक चौडा पार्ने क्रममा पहिरो खस्दा जेसीबी पल्टिएर महाकाली किनारमा खसेको छ। शुक्रबार बिहान महाकाली लोकमार्ग अन्तर्गत ठड्याभीरमा सडक चौडा पार्ने काम भइरहँदा उक्त दुर्घटना भएको हो। 

सडकमाथिबाट खसेको सुख्खा पहिरोले काम गरिरहेको जेसीबी चालकसहित महाकाली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। बिहान करिब ५ बजेतिर पहिरो खसेको हो। जेसीबीमा पहिरो खसेपछि जेसीबी चालक जाजरकोटको जुनीचाँदेका २६ बर्षीय रेशम बुढा घाइते भएका छन्। उनको खुट्टामा चोट रहेको छ। उनलाई सुरक्षाकर्मीहरुले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पुर्याएको हो। घाइते चलकको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत धनगढी लगिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएकोछ।

पहिरोका कारण अहिले उक्त क्षेत्रमा सडक अवरुद्ध रहेको छ। अहिले पनि सुख्खा पहिरो खसीरहेकाले सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ। उक्त सडक अवरुद्ध हुँदा दार्चुला सदरमुकामबाट बाहिरने र सदरमुकाम भित्रिने सवारी साधन बीचबाटोमै रोकिएका छन्। 

प्रकाशित: Jan 24, 2025| 14:23 शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्