शुक्रबार, जेठ २२, २०८३

सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

 |  शुक्रबार, माघ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ११, २०८१
National life
Shivam cement

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला एक हजारले बढेको हो।

बिहीबार प्रतितोला रू एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू पाँच बढेको छ। बिहीबार प्रतितोला रू एक हजार आठ सय ७५ मा खरिद बिक्री भएको चाँदी आज प्रतितोला रू एक हजार आठ सय ८० मा किनबेच हुनेछ।

प्रकाशित: Jan 24, 2025| 13:40 शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्