बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मकवानपुर ट्राफिकले उठायो ६ महिनामा एक करोड ३२ लाख राजस्व

मकवानपुर ट्राफिकले उठायो ६ महिनामा एक करोड ३२ लाख राजस्व

 |  बुधबार, माघ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ९, २०८१

बागमती- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व संकलनमा वृद्धि भएको छ। 

National life

ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तमा एक करोड ३२ लाख २४ हजार ५ सय ३ रूपैयाँ राजस्व संकलन भएको छ।

सो अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारबाही गरी सो राजस्व संकलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए। यो अघिल्लो अर्थिक वर्षको सो अवधिको तुलनामा १६ लाख २० हजार ५ रूपैयाँ बढी राजस्व संकलन भएको हो। 

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १५ हजार ८५५ सवारी साधनमाथि कारबाही गरी एक करोड १६ लाख चार हजार रूपैयाँ राजस्व संकलन गरेको थियो।

Shivam cement

यस्तै सो अवधिमा मकवानपुरमा भएको १९६ सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९४ जना गम्भिर घाइते भएका छन्।

ट्राफिक जाँचमा गरिएको कडाइका कारण राजस्व संकलनमा वृद्धि भएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनामुलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। रासस

प्रकाशित: Jan 22, 2025| 17:01 बुधबार, माघ ९, २०८१
प्रतिक्रिया दिनुहोस्