काठमाडौं- सेयर बजारमा बुधबार उल्लेख्य सुधार भएको छ। आज सेयर बजार परिसूचक (नेप्से) ५२.३६ अंकले बढ्दै २,६६५ बिन्दुमा पुगेको छ।
कारोबार रकममा पनि वृद्धि भएको छ। ३२२ कम्पनीका १ करोड ७६ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा कुल ९ अर्ब २० करोड ३० लाख रुपैयाँबराबरको कारोबार भएको छ।
आज १९६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ। कर्पोरेट विकास बैंक र डोल्टी पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिन विकास बैंकको मूल्य करिब १० प्रतिशतले उकालो लागेको छ।
लगानी उपसमूह सबैभन्दा धेरै ३.८२ प्रतिशतले बढेको छ। अन्य उपसमूह ०.२४ प्रतिशतले, व्यापार २.४५ प्रतिशतले, विकास बैंक २.७४ प्रतिशतले र होटल तथा पर्यटन उपसमूह २.७१ प्रतिशतले बढेको छ।