काठमाडौं- सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ पुगेको छ।
आज बुधबार प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन प्रतितोला १ लाख ५८ हजार १०० मा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी बुधबार प्रतितोला १ हजार ८९५ मा कारोबार भइरहेको छ