आइतबार, पुस ६, २०८२

अमेरिकामा हट्यो मृत्युदण्डको प्रतिबन्ध

 |  मंगलबार, माघ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ८, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युदण्डसँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेका छन्। यो आदेश अन्तर्गत न्याय विभागलाई गम्भीर संघीय मुद्दाहरूमा दोषी ठहरिएकालाई मृत्युदण्डको माग गर्न भनिएको छ।

National life

ट्रम्पले महान्यायाधिवक्तालाई सबै राज्यहरूमा अपराधीहरूलाई मृत्युदण्ड दिन पर्याप्त विषालु सुईहरू उपलब्ध गराउन निर्देशन पनि दिएका छन्। ट्रम्पको यो आदेशसँगै अमेरिकामा मृत्युदण्डमाथिको प्रतिबन्ध हटेको छ।

अमेरिकामा महान्यायाधिवक्ता मेरिक गारल्याण्डको आदेशमा २०२१ मा मृत्युदण्डलाई निलम्बन गरेका थिए। उक्त निर्णयको ट्रम्पले कडा आलोचना गरेका थिए र गम्भीर अपराधका दोषीहरूलाई मृत्युदण्ड दिइनुपर्नेमा जोड दिएका थिए। आफू सत्तामा फर्किएपछि मृत्युदण्ड पुनः सुरु गर्ने उनले बताएका थिए।

 

प्रकाशित: Jan 21, 2025| 12:11 मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्