काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज छापावाल सुन तोलामा ११ सय रुपैयाँले बढेर एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १५ रुपैयाँले बढेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।