मंगलबार, भदौ ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • हेटौँडा उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व संकलन

हेटौँडा उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व संकलन

 |  मंगलबार, माघ ८, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ८, २०८१

vianetvianet

बागमती- मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन गरेको छ।

Kumaribank

उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आवको साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा रु १९ करोड ७४ लाख ३७ हजार नौ सय ९३ राजस्व संकलन गरेको छ।

यो अघिल्लो आव २०८०/८१ को सो अवधिको तुलनामा संकलन गरेको भन्दा रु तीन करोड १२ लाख बढी हो।

सो चालु आवको छ महिनामा सम्पत्ति करबाट रु चार करोड ९४ लाख ६१ हजार, घरबहाल करबाट रु दुई करोड ८१ लाख ७३ हजार, नक्सापास दस्तुरबाट रु दुई करोड ७६ लाख ६५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु दुई करोड १८ लाख ७५ हजार, सिफारिस दस्तुरबाट रु एक करोड ६२ लाख ८३ हजार, बहाल बिटोरी करबाट रु एक करोड ३३ लाख ९२ हजार, व्यवसाय करबाट रु एक करोड ८३ लाख ११ हजार राजस्व संकलन भएको प्रमुख सुवेदीले जानकारी दिए।

अघिल्लो आव २०८०/८१ को सो अवधिमा उपमहानगरपालिकाले रु १६ करोड ६२ लाख ८६ हजार राजस्व संकलन गरेको थियो।

Metro Mart

बाँकी बक्यौता असुलीमा गरिएको कडाइ, करको दर र दायरा दुवैमा भएको वृद्धि, नक्सा अभिलेखीकरण तथा आन्तरिक आयस्रोतमा भएको वृद्धिलगायत कारणले चालु आवको छ महिनामा राजस्व संकलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ।

प्रकाशित: Jan 21, 2025| 10:01 मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्