मंगलबार, भदौ ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको फोनपे क्युआरमा आबद्ध मर्चेन्टलाई विशेष उपहार योजना

ग्लोबल आइएमई बैंकको फोनपे क्युआरमा आबद्ध मर्चेन्टलाई विशेष उपहार योजना

 |  आइतबार, माघ ६, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, माघ ६, २०८१

vianetvianet

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले १८औँ वार्षिकोत्सवका अवसरमा बैंकको फोनपे नेटवर्कमा आबद्ध क्युआर कोड मर्चेन्टहरूलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजना सार्वजनिक गरेको छ। ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा यो योजना पुस १८ गते बिहीबारदेखि माघ १८ शुक्रबारसम्म सञ्चालनमा ल्याएको छ।

Kumaribank

यस उपहार योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकमा आबद्ध तर हाल सम्म कारोबार नगरेका मर्चेन्टहरुले यस योजना अवधिमा १८० रुपैयाँ वा सोभन्दा बढी रुपैयाँको भुक्तानी फोनपे क्युआर कोडमार्फत प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक १८० रुपैयाँ क्यास्ब्याक प्राप्त गर्नेछन् र योजनाअवधिभर क्युआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टमध्ये प्रत्येक साता एकजना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन्। योजना अवधिभरमा चारजना मर्चेन्टले स्मार्टफोन जित्नेछन्।

बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधि भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन्।

 

प्रकाशित: Jan 19, 2025| 16:52 आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्