बिहीबार, जेठ २१, २०८३

डोङफेङ नामीको अत्याधुनिक शोरुम नागपोखरी नक्सालमा

 |  आइतबार, माघ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ ६, २०८१

काठमाडौं- काठमाडौंको नक्सालमा डोङफेङ नामीको अत्याधुनिक शोरुम खुल्ने भएको छ। आगामी अक्टोबरको अन्त्यमा उक्त शोरुम तयार हुनेछ।

National life

हालका लागि नक्सालमा अवस्थित सेरेस शोरुमसँगै रहेको स्थानमा ग्राहकले नामीको टेस्ट ड्राइभ गरी यसको फरकपना अनुभव गर्न सक्ने कम्पनीको भनाइ छ।

नेपालमा नामीको आधिकारिक वितरक एमएडब्लु ग्रुप हो र यो देशको सबैभन्दा ठूलो र प्रतिष्ठित अटोमोटिभ ग्रुप हो। यामाहा, जिप, दिपल, फोटोन, सेरेस, स्कोडा, सोकोन र अन्य विभिन्न ब्रान्डको कारोबार गर्दै आएको सो ग्रुपले गुणस्तरीय र ग्राहक सन्तुष्टिमा प्रतिबद्धताका साथ लगातार रुपमा बजारको नेतृत्व गरिरहेको छ।

नेपालभर डोङफेङ नामीको डिलर नेटवर्क विस्तार कार्य तीव्र रुपमा भइरहेको छ। काठमाडौं उपत्यकामा ललितपुरको थसिखेल, भक्तपुर र नयाँ बजारमा डिलर स्थापित भइसकेको छ। उपत्यका वाहिर पोखरा, चितवन, विराटनगर, नेपालगन्ज र बुटवलमा नेटवर्क विस्तार भएको छ भने दाङ, धनगढी र विर्तामोडमा विस्तार गर्ने योजना छ।

हालै सम्पन्न नाडा अटो शो २०२४ मा डोङफेङ नामीले अवलोकनकर्ताहरुबाट उत्साहपूर्ण प्रतिक्रिया पाएको थियो। यसको इनोभेटिभ फिचर, लक्जरियस इन्टेरियर र एड्भान्स्ड टेक्नोलोजीका कारण ग्राहकहरुबाट निकै नै प्रशंसा र माया पाएको थियो।

Shivam cement

प्रिमियम इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धताका कारण डोङफेङ नामीले व्यापक रुपमा प्रशंसा पाइरहेको छ र नेपाली अटोमोटिभ बजारमा यसले नयाँ बेन्चमार्क सेट गर्ने विश्वास गरिएको कम्पनीको भनाइ छ।

 

प्रकाशित: Jan 19, 2025| 16:47 आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्