बिहीबार, जेठ २१, २०८३

सिजी डिजिटलको एकैपटक पाँच नयाँ शोरूम सञ्चालनमा

 |  आइतबार, माघ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ ६, २०८१

काठमाडौं- सिजी डिजिटलले बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौंको विशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। यी शाखाहरूमा ग्राहकले रेफ्रिजरेटर, वासिङ मेसिन, एलइडी टिभी, चिम्नी, ग्याँस चुल्हो, भान्साका उपकरणलगायतका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नेछन्।

National life

जहाँ अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट ब्राण्डहरू जस्तैः एलजी, सिजी, टिसिएल, गोदरेज, बेको, माइडिया, केन्ट, एलिका, सेन्सेइ, ब्ल्याक डेकर, क्रमस्टन, नोथिङ र एप्पल आइफोनलगायतका उत्पादनहरू उपलब्ध भएको जनाइएको छ।

कम्पनीका अनुसार यहाँ भएका विद्युतीय सामग्रीको पूर्ण जानकारी र यस अवसरमा ग्राहकले ३० प्रतिशतसम्मको छुट पाउन सक्नेछन्। तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ। कम्पनीका अनुसार यसमा फ्री डेलिभरी, फ्री इन्स्टलेसन, अन स्पोट इएमआई, एक्सचेन्ज अफर र लियालिटी पोइन्ट्स जस्ता सुविधाहरू पनि समावेश छन्।

कम्पनीले नयाँ शाखाहरूमा फ्री कुकिङ क्लास र लाइभ डेमोको समेत व्यवस्था गरेको छ, जसमा सहभागी भएर खाना पकाउने कला सिक्न सकिनेछ। यी पाँचवटासमेत गर्दा सिजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ।

 

Shivam cement

प्रकाशित: Jan 19, 2025| 16:46 आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्