शनिबार, पुस ५, २०८२

नेप्से परिसूचक २६०० अंकमाथि, सवा ६ अर्बको कारोबार

 |  आइतबार, माघ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ ६, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दुई हजार छ सय अंकभन्दा माथि उक्लिएको छ। आजको कारोबारपछि परिसूचक शून्य दशमलव ४८ प्रतिशत अर्थात् १२ दशमलव ५८ अंकले बढेर दुई हजार छ सय एक दशमलव २१ अंकमा पुगेको हो।
    
आज विभिन्न तीन सय २५ कम्पनीका एक करोड २९ लाख ८२ हजार छ सय १९ कित्ता शेयर ७२ हजार पाँच सय ४० पटक खरिद बिक्री हुँदा छ अर्ब २५ करोड ७२ लाख ३५ हजार छ सय २४ रुपैयाँमा कारोबार भएका छन् । आजको कारोबारपछि बजार पुँजीकरण रु १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार नौ सय ३२ पुगेको छ ।
    
आज बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ०९, साम्लिङ पावर कम्पनीको शेयर मूल्य सात दशमलव ४६, नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य सात दशमलव ३७ प्रतिशतले बढेको छ ।
    
साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी एनआइसी एसिया सेलेक्ट फण्ड ३० को शेयर मूल्य छ दशमलव ९३ प्रतिशत, रिभर फल्स पावर लिमिटेडको छ दशमलव ४५ प्रतिशतले घटेको छ ।

प्रकाशित: Jan 19, 2025| 16:22 आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्