शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंकको फुटसल प्रतियोगिता

वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंकको फुटसल प्रतियोगिता

 |  आइतबार, माघ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ ६, २०८१

काठमाडौं- कृषि विकास बैंक लिमिटेडको ५८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित एडिबिएल कर्पोरेट फुटसल २०८१ को उपाधि महिलातर्फ कृषि विकास बैंक लिमिटेडले र पुरुष तर्फ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबि) ले जितेका छन्।

National life

महिलातर्फ कुल १० टिमको सहभागिता रहेको प्रतियोगितामा कृषि विकास बैंकले फाइनलमा ग्लोबल आईएमई बैंकलाई सडन डेथमा २–१ गोल अन्तरले पराजित गर्दै विजेता बनेको छ। ग्लोबल आईएमई बैंक उपविजेता हुँदा तेस्रो स्थान ओल्डलिंक कम्युनिकेसनले प्राप्त गरेको छ। 

पुरुषतर्फ एनआईएमबि बैंकले फाइनलमा ग्लोबल आईएमई बैंकलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ। ग्लोबल आईएमई बैंक उपविजेता बनेको यो खेलमा आयोजक कृषि विकास बैंक तेस्रो स्थानमा रहेको छ। 

प्रतियोगिताका उत्कृष्ट खेलाडी पुरुषतर्फ एनआईएमबि बैंकका सुलभ थापा र महिलातर्फ कृषि विकास बैंककी भावना बम बनेका छन्।  पुरुषतर्फका उत्कृष्ट गोलरक्षक सगुन कुमार मोक्तान र महिलातर्फ सानुमाया गुरुङ घोषित भएका छन्।  उच्च गोलकर्ता पुरुषतर्फ नेको इन्स्योरेन्सका क्षितिज सुवेदी (११ गोल) र महिलातर्फ ग्लोबल आईएमई बैंककी चन्द्रिका भट्ट बनेका छ्न। 

कार्यक्रमको समापनमा कार्यकारी अधिकृत गोविन्द गुरुङले यस्ता प्रतियोगिताले कर्मचारी प्रेरणा अभिवृद्धिमा योगदान दिने बताए। वार्षिकोत्सवको अवसरमा माघ १ देखि ५ सम्म आयोजना गरिएको प्रतियोगिता संयोजन मिनराज प्रोख्रेलको नेतृत्वमा सम्पन्न भएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 19, 2025| 11:50 आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्