मंगलबार, असोज ६, २०८३

रियल मड्रिडको रियल सोसिडाडसँग लज्जासपद हार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मड्रिड- आइतबार राति भएको स्पेनिस ला लिगामा रियल मड्रिडले रियल सोसिडाडसँग लज्जासपद हार ब्यहोरेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा सोसिडाडासँग २-० को लज्जासपद हार ब्यहोरेके हो । 

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रियलमाथि फाइदा उठाउदै सोसिडाडले पराजित गरेको थियो । खेलको ६१ औं मिनेटमा रियलका लुकास भाक्युजले रातो कार्ड खादै मैदान बाहिरिएका थिए । 

रियललाई पराजित गर्न सोसिडाडका लागि विलिएन जोसे र रुबेन प्राडोले एक एक गोल गरे । सोसिडाडले खेलको तेस्रो मिनेटमा नै घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता लिएको थियो । 

पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाउन जोसेले पेनाल्टी मार्फत गोल गरेका थिए । पहिलो हाफमा १-० ले अघि रहेको सोसिडाडका लागि प्राडोले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित गरेका थिए । 

उनले खेलको ८३ औं मिनेटमा गोल गर्दै टोलीलाई २-० ले जित दिलाए । यस जितसँगै रियल सोसिडाड २२ अंक सहित लिगको १२ औं स्थानमा छ । यता पराजित भएको रियल मड्रिड भने ३० अंक सहित पाँचौ स्थानमा छ । 

त्यस्तै ला लिगामा गय रातिनै भएको अर्को खेलमा सेभिल्ला र एटलेटिको मड्रिडले १-१ को बराबरी खेलेका छन् ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।