मंगलबार, चैत २४, २०८२

मेस्सीको गोलको मद्दतले बार्सिलोना शीर्षस्थानमा यथावत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
मड्रिड- स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्षस्थान यथावत कायमै राखेको छ । आईतबार राती भएको खेलमा गेटाफेलाई पराजित गर्दै बार्सिलोनाले शीर्षस्थान कायमै राखेको हो । 

गेटाफको घरेलु मैदानमा भएको खेलमा उसैलाई २-१ ले पराजित गर्दै दोस्रो स्थानमा रहेको एटलेटिको मड्रिड भन्दा ५ अंकले दुरी बढाएको छ । घरेलु टोलीलाई पराजित गर्न बार्सिलोनाका लागि लिायानल मेस्सी, लुइस सुआरेजले एक एक गोल गर्दा गेटाफेका लागि जाइमी माटाले एक गोल फर्कएका थिए । 

खेलमा भएका तीन वटै गोल दोस्रो हाफमा सम्भव भएका थिए । दोस्रो हाफिमा निकै नै आक्रमक खेल खेलेपनि दुबै टोलीबाट थप गोल ग.हुन सकेन । पहिलो हाफको २० औं मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । 

खेलको २० औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै पाहुना टोलीलाई सुवाती अग्रता दिलाएका थिए । त्यसपछि ३९ औं मिनेटमा सुआरेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । 

उनले फ्रिकिक मार्फत उकृष्ट गोल गरेका थिए । तर, पहिलो हाफ सकिन २ मिनेट बाँकी रहदा गेटाफेले गोल अन्तर घटाएको थियो । गेटाफेका लागि माटाले एन्जल लुइस रोड्रिगुजको पासमा गोल गर्दै अन्तर घटाउने प्रयास गरेका थिए ।

 तर, थप गोल गर्न नसक्दा बार्सिलोना २-१ ले विजयी भएको हो । यस जितसँगै बार्सिलोनाको १८ खेलमा ४० अंक पुगेको छ । यता गेटाफेको भने २५ अंक छ । 

त्यस्तै आइतबार नै भएका अन्य खेलमा हुएस्काले रियल बेटिसलाई २-१ ले पराजित गरेको छ । २० औं स्थानमा रहेको हुएस्काले ७औं सनमा रहेको बेटिसलाई पराजित गरेको हो । अर्को खेलमा इबार र भिल्लारियलले गोल रहित बराबरी खेलेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।