नेपाल आयल निगमले बुधबार रातिबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको छ।
मुल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६५ र डिजेल तथा मट्टितेल एक सय ५६ रुपैयाँ प्रतिलिटर पुगेको छ।
इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मुल्य २.२४ रुपैयाँ र डिजेलको खरिद मुल्य ३.५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले जनाएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने घटबढ भएको छैन।