मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दुई विश्वकपमा १४ गोल गरेका कीर्तिमानी फुटबलर मुलर अब सम्झनामा मात्र

दुई विश्वकपमा १४ गोल गरेका कीर्तिमानी फुटबलर मुलर अब सम्झनामा मात्र

चर्चित फुटबलर गर्ड मुलरको निधन भएको छ। जर्मन क्लब बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेलेर प्रसिद्धि कमाएका मुरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको हो।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं– चर्चित फुटबलर गर्ड मुलरको निधन भएको छ। जर्मन क्लब बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेलेर प्रसिद्धि कमाएका मुरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको हो। 

National life

बायर्नले फुटबलर मुलरको निधन भएको पुष्टि गरेको छ। क्लबदेखि अन्तर्राष्ट्रिय फुटबलमा पनि सर्वाधिक सफल उनको निधनले क्लबलाई अपूरणीय क्षति भएको बायर्नले जनाएको छ। मुलरले आफ्नो फुटबल करिअरका क्रममा बायर्नका लागि ४ सय २७ बुन्डेसलिगा खेलबाट ३ सय ६५ गोल गर्न सफल भएका थिए। 

उनले बायर्नबाटै युरोपियन प्रतियोगिताहरुमा ७४ खेलबाट ६६ गोल गरेका थिए। विश्वकप विजेता मुलरले तत्कालीन पश्चिम जर्मनीका लागि ६२ खेलबाट ६८ गोल गरेका थिए।

पश्चिम जर्मनीले सन् १९७४ को विश्वकप उचाल्दा निर्णायक गोल मुलरकै नाममा थियो। सन् १९७२ मा पश्चिम जर्मनीले युरो कप उचाल्दा पनि उनी टिमका सदस्य थिए। फुटबल करिअरका क्रममा उनले एक पटक बालोन डीओर अवार्ड पनि जितेका थिए। 

मुलरले दुईवटा विश्वकपमा १४ गोल गरेका थिए। विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा उनको कीर्तिमान तोडिन ३२ वर्ष लागेको थियो। सन् २००६ मा ब्राजिलका रोनाल्डोले १५ गोल गरेर मुलरको कीर्तिमान तोडेका थिए।

Laxmi sunrise bank
kumari

मुलरले सन् १९७० मा आयोजित विश्वकपमा १० गोल गरेका थिए। उनी एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

त्यस वर्ष उनले युरोपियन वर्ष फुटबलर अवार्ड पनि जितेका थिए। दुई वर्षपछि आयोजित युरो कप वेस्ट जर्मनीले जित्दा उनले फाइनलमा दुई गोलसहित प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनेका थिए। सन् १९७४ मा आयोजना भएको विश्वकपमा मुलरले फाइनलमा विजयी गोलसहित चार गोल गरेका थिए।

उनले बुन्डेस लिगाको एकै सिजन सर्वाधिक गोलको कीर्तिमान पनि बनाएका थिए जुन गत सिजन मात्र रोबर्ट लेवान्डोस्कीले तोडेका थिए। बुन्डेस लिगामा मुलरले जति गोल अझै कसैले गर्न सकेको छैन। प्रतियोगितामा उनी सात सिजन सर्वाधिक गोल कर्ता बनेका थिए।

सन् २०१५ मा भएको उपचारका क्रममा उनलाई अल्जाइमर देखिएको थियो। त्यसपछि उनलाई विशेष खालको केयर होममा राखिएको थियो। सन् १९८२ मा मुलर खेलाडी जीवनबाट अलग भएपछि मदिराको कुलतमा फसेका थिए। उनलाई पुनर्स्थापना केन्द्रमा समेत राख्नु परेको थियो। 


प्रकाशित: Aug 15, 2021| 22:01 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।