बुधबार, साउन १३, २०८३

हाब्रेको छालासहित जाजरकोटमा दुई जना प्रक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जाजरकोट – दुर्लभ बन्यजन्तु हाब्रे अर्थात रेडपान्डाको छालासहित जाजरकोटमा दुई जना प्रक्राउ परेका छन्। पक्राउ पर्नेमा नलगाड नगरपालिका ५ कालिमाटीका २५ वर्षीय गणेश सुनार र सोही ठाउँका २५ वर्षीय युवराज बिक रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

जाजरकोटका प्रहरी प्रमुख रविन्द्रबहादुर सिंहका अनुसार अबैध रुपमा हाब्रेको कारोबार भैरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले भेरी नगरपालिका ३ सदरमुकाम खलंगाबाट आइतबार उनीहरु प्रक्राउ परेका हुन्। उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका दुबैलाई दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा वन्यजन्तुको गैरकानूनी ओसारपसार महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्जर तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ अनुसार कारबाही हुन सक्ने प्रहरीको प्रहरीको भनाई छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।