बुधबार, साउन १३, २०८३

‘ए’ डिभिजन लिग : मछिन्द्रलाई पराजत गर्दै आर्मी चौथो स्थानमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लब चौंथो हुँदै लिगको अन्त्य गरेको छ । आइतबार मछिन्द्र क्लबामाथि सहज जित निकाल्दै आर्मी लिगमा चौंथो भएको हो । 

आर्मीले मछिन्द्रलाई ३-० ले पाराजित गरेको हो । आर्मीको जितका लागि कप्तान भरत खवासले दुई र  टंक बस्नेतले १ गोल गरे । पहिलो हाफमा १-० ले को अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्यो । 

आर्मीले २९ औं मिनेटमा मछिन्द्रविरुद्ध सुरुवाती अग्रता लिएको थियो । खेलको २९ औं  टंकले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६२ औं मिनेटमा भरतले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । 

त्यसपछि खेलको ७३ औं मिनेटमा भरतले व्यक्तीगत दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरे । रेलिगेसन नहुने लिगमा आर्मीले २५ अंक जोडेको छ । मछिन्द्र भने ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।