सोमबार, वैशाख ८, २०८२

गुटगत राजनीति अन्त्य गरेर पार्टी बलियो बनाउनुपर्छ: साउद

 |  सोमबार, पुस २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस २९, २०८१

vianetvianet

नवलपरासी– नेपाली कांग्रेसका नेता एनपी साउदले गुटगत राजनीति अन्त्य गरेर पार्टीलाई बलियो बनाउन सबै प्रतिबद्ध भएर लाग्न आवश्यक रहेको बताएका छन्।

triton college

कांग्रेस जिल्ला कार्यसमिति नवलपरासी (सुस्ता पूर्व)ले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रम सम्बोधन गर्दै उनले पार्टी निर्वाचनका समयमा मात्रै सक्रिय हुने परिपाटी अन्त्य गरिनुपर्ने पनि बताए।

‘पार्टीको निर्वाचन नहुँदाको समयमा पनि जिल्लामा जाने, पार्टीका नेता–कार्यकर्ताहरुका समस्या र गुनासाहरु सुन्ने, जनताका अपेक्षाहरु पूरा गर्न गहन छलफल गर्ने प्रतिवद्धता विभिन्न तहमा रहेका साथीहरुले गर्नुपर्छ,’ केन्द्रीय सदस्य साउदले भने।

पार्टीलाई बलियो बनाउनका लागि भ्रातृ संस्थाहरूलाई सक्रिय बनाउनुपर्नेमा उनको जोड थियो। ‘पार्टीका भ्रातृ संस्था भनेको शरीरको नसाजस्तै हुन्। शरीरलाई चलायमान बनाउन नसाबाट रक्तसञ्चार आवश्यक भएजस्तै पार्टीका एजेन्डालाई तल्लो तहमा पुर्याउन भ्रातृ संस्थाहरूलाई लोकतान्त्रिक बनाउन हामी लाग्न आवश्यक छ,’ साउदले भने, ‘पार्टीका भ्रातृ संस्थाको निर्वाचन गराएर जतिसक्दो चाँडो नयाँ नेतृत्व प्रदान गर्ने काममा जिम्मेवारी प्राप्त साथीहरुले गर्नुहुनेछ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले कांग्रेस–एमाले गठबन्धनको सरकारलाई अन्तिम आशाको सरकारको संज्ञा दिँदै जनपक्षीय काममा सरकारलाई सहयोग गर्न कांग्रेस प्रतिबद्ध रहेको जिकिर गरे।

National life insurance

‘यो अन्तिम आशाको सरकार भएकोले जनताको अपेक्षा अनुसारको काम गर्न आवश्यक छ,’ उनले भने, ‘जनताका पक्षमा काम गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने काममा सरकारलाई सहयोग गर्न कांग्रेस प्रतिबद्ध छ।’

लुम्बिनी प्रदेशको दौडाहमा रहेका नेता साउदले अभियानका क्रममा दिएको अभिव्यक्तिहरू कुनै व्यक्ति विशेष नभएर जनताले उठाएका कुराहरू बोलेको पनि प्रष्ट्याए।  

‘हामीले यो जाडोको समयमा यहाँ आएर कांग्रेसका नेता–कार्यकर्ताहरूसँग भेटघाट गर्ने अवसरको रुपमा लिएका छौँ। र, यस अभियानका क्रममा बोलेका कुराहरु कुनै व्यक्ति लक्षित नभएर जिल्लामा जनताले उठाएका कुराहरु बोलेका छौँ,’ साउदले भने, ‘जनताका कुराहरू, कांग्रेसप्रति आस्थावान साथीहरुका सुझावहरूलाई हामीले मुखर गरेका छौँ र गरिरहने छौँ।’

प्रकाशित: Jan 13, 2025| 15:55 सोमबार, पुस २९, २०८१
प्रतिक्रिया दिनुहोस्