बुधबार, साउन १३, २०८३

‘ए’ डिभिजन लिग : थ्री स्टार क्लब तेस्रो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो भएको छ । लिग चरणको अन्तिम खेलमा हिमालयन सेर्पालाई पराजित गर्दै लिगमा तेस्रो भएको हो । अन्तिम आइतबार भएको अन्तिम खेलमा थ्री स्टारले हिमालयनलाई २-० ले पराजित गरेको हो । 

थ्री स्टारको जितका लागि बुद्ध चेम्जोङ र रन्जन विष्टले एक एक गोल गरे । खेलको २८ औ मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाए । 

उनले रन्जन विष्टको पासमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि थप एक गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदा रन्जन विष्टले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।  

उपाधिको मुख्य दाबेदार थ्री स्टार २६ अंक सहित तेस्रो स्थानमा रहेर लिग यात्रा अन्त्य गरेको छ । यता शेर्पा भने हारसँगै शीर्ष ६ भित्र पर्ने सम्भावना समाप्त भएको छ । उसले १७ अंक सहित लिगको सातौ स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।