आइतबार, असार ७, २०८३

कांग्रेस सभापति देउवाको नामबाट नक्कली वक्तव्य आएपछि...

 |  आइतबार, पुस २८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस २८, २०८१
National life
Shivam cement

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेस केन्द्रीय  कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धन सरकारका बारे अन्योल सिर्जना गरी जनतालाई दिग्भ्रमित गर्ने उद्देश्यले पार्टी सभापति देउवाका नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

कांग्रेसले हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानुनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । पार्टी कार्यालयका मुख्यसचिव पौडेलले यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा अनुरोधसमेत गरेका छन्।
 

प्रकाशित: Jan 12, 2025| 21:07 आइतबार, पुस २८, २०८१
प्रतिक्रिया दिनुहोस्