सोमबार, चैत ९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • माउण्टेन इनर्जीको १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर पारित

माउण्टेन इनर्जीको १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर पारित

 |  आइतबार, पुस २८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस २८, २०८१

National life
Laxmi sunrise bank
kumari

माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आइतबार साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साथै साधारणसभाले १५ प्रतिशत बोनस शेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ। 

१५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार हुन आउँछ । उक्त चुक्ता पुँजी १ः०.५० अनुपातमा एक अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको एक करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको छ। कम्पनीले ६५ मेगावाटको  दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि  हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

प्रकाशित: Jan 12, 2025| 20:23 आइतबार, पुस २८, २०८१
प्रतिक्रिया दिनुहोस्