शनिबार, पुस ५, २०८२

जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस दिने

 |  आइतबार, पुस २८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस २८, २०८१

जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैठौं साधारणसभाले बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ।

National life

आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

आर्थिक वर्ष २०७०/०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै बोनस शेयर वितरण गरेको थियो । 

आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट पनि शेयर सदस्यहरूका लागि १४ प्रतिशत बोनस वितरण गरेको हो । साधारणसभाले लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । यो नगद लाभांश बोनस शेयरको कर प्रयोजनसमेतका लागि हो । 

जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ छ। छैठौं साधारणसभाबाट १४ प्रतिशत अर्थात् १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ रुपैयाँ बोनस शेयर पारित भएपछि भएपछि जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुग्नेछ।

Laxmi sunrise bank
kumari

जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेवा ३१ जिल्लामा पुगेको छ। यसका शाखा संख्या १६० वटा छन् ।

प्रकाशित: Jan 12, 2025| 19:33 आइतबार, पुस २८, २०८१
प्रतिक्रिया दिनुहोस्