बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रवि लामिछाने अदालतमा उपस्थित, न्यायाधीश अधिकारीको इजलासमा बयान हुँदै

रवि लामिछाने अदालतमा उपस्थित, न्यायाधीश अधिकारीको इजलासमा बयान हुँदै

 |  आइतबार, पुस २८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस २८, २०८१

काठमाडौं- स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीसम्बन्धि मुद्दामा बयान दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

National life

उनको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ। अधिकारीको इजलासमा लामिछानेको सुरुमा बयान र त्यसपछि थुनछेक बहस हुनेछ।

लामिछाने आइतबार बिहान साढे ९ बजे नै अदालतमा हाजिर भएका थिए। यसअघि कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा ६५ लाख धरौटी माग गरी छाड्न आदेश दिएको थियो।

उक्त आदेशपछि काठमाडौंमा उनी आफैं हाजिर हुने गरी छुटेका थिए। स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ अपचलन भएको अनुसन्धानबाट खुलेको  छ। यो रकम अपलचनमा सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

रवि लामिछाने र जिबी राईको हकमा सहकारीबाट गएको पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ अपचलनको आरोप छ।

Shivam cement

प्रकाशित: Jan 12, 2025| 11:21 आइतबार, पुस २८, २०८१
प्रतिक्रिया दिनुहोस्